मङपुको तीनवटा ग्राम पञ्चायतमा ब्यालेट पेपरमार्फत आजदेखि चुनाउ प्रक्रिया शुरू

मङपु: 17औ विधानसभाको चुनाउ प्रक्रिया आजदेखि मङपुमा शुरु भएको छ। आजदेखि रङली रङलीयट तकदाह खण्ड अन्तर्गत पर्ने मङपुको रेसेप,लाब्दा अनि रोङचोङ तीनवटा ग्राम पञ्चायत क्षेत्रमा ब्यालेट पेपरमा चुनाउ प्रक्रिया शुरु गरिएको छ। राज्यमा प्रथमपल्ट एब्सेन्टी भोटर्स अनि पीडब्लुडी भोटर्स (दिव्याङ्ग्य मतदाता) को निम्ति मङपुको तीनवटा ग्राम पञ्चायतको घर-घरमा गएर ब्यालेट पेपरमा भोट लगाउने प्रक्रिया शुरु गरिएको छ। 80 वर्षभन्दा अधिक उमेर पुगेका मतदाताहरु अनि 40 प्रतिशत भन्दा अधिक दिब्याङग्य रहेका मतदाताहरु जसले मतदान केन्द्रमा गएर भोट लगाउन सक्दैनन् तिनीहरुको घरमा गएर मतदान गर्ने यसपाली बंगालको विधानसभा चुनाउमा प्रथमपल्ट व्यवस्था चुनाउ आयोगले गरेको छ। प्रत्येक टोलीमा चुनाउ फर्स्ट पुलिङ, सेकेन्ड पुलिङ, माईक्रो अब्जर्भर, भिडियोग्राफर अनि चारजना केन्द्रिय पुलिसबल अनि बंगालका पुलिस बल तैनाथ गरिएको  थियो।


मतदान सूचीमा रहेको मतदाताहरुले घरमा नै गोप्य स्थान बनाएर पोस्टल ब्यालेटमा मतदान गरे। पत्रकारहरुसित कुराकानी गर्दै सेक्टर म्याजिस्ट्रेट राजीव ठटालले भने, आज मेरो उपस्थितिमा लाब्दा अनि रेसेप ग्राम पाञ्चायतका 9 जना मतदाताहरुले शान्तिपूर्ण तरिकाले ब्यालेट बक्समा मतदान  गरे। ईसीआई-ले यसबर्ष 80 नाघेका वृद्ध,कोबिद संक्रमण भएका बिरामी  अनि प्रमाणपत्र भएका दिव्याङ्ग्यहरुको निम्ति  घर-घरमा गएर ब्यालेट बक्समा चुनाउ लागाउने प्रक्रिया शुरु गरेको तिनले बताए। अर्कोतिर, तकदाह खण्ड अन्तर्गत पर्ने खरसाङ 24/ 101 का 90 वर्षीय मतदाता पदमा छेत्रीले चुनाउ आयोगले यसरी घरमा नै आएर मतदान गर्ने सुविधा  दिएकोमा चुनाउ आयोगप्रति आभार व्यक्त गरेकी छन्। आजको ब्यालेट बक्स चुनाउको समय सेक्टर म्याजिस्ट्रेटको साथमा बीएलओ दिलिप शर्मा, सन्तोष दर्नाल,माईक्रो अब्जबर डा. हिमान्सु सुकला उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *