मङपुको तीनवटा ग्राम पञ्चायतका केही स्थान कोरोना संक्रमण क्षेत्रको रूपमा घोषणा, पुलिसद्वारा सतर्कता जारी

मङ्पु: तकदाह ब्लक अन्तर्गत पर्ने मङपुको तीनवटा ग्राम पञ्चायत लाब्दा विभागको लाबरबोटे, कार्की डाँडा, बरबटे रोङचोङको मङपुर विभाग, किम्बु धुरा, रेसेप ग्राम पञ्चायतको भानु टोललाई कोरोना संक्रमित क्षेत्रको रूपमा सरकारद्वारा घोषणा गरेपछि आज तकदाह खण्ड विकास कार्यालयका अधिकारी लगायत ग्राम पञ्चायत कर्मचारी साथै स्थानीय पुलिस प्रशासनको पहलमा जनचेतनामूलक कार्यक्रम गर्दै यसबारे माइकिङ गरियो। लाब्दा ग्राम पञ्चायत सचिव सुवास सेवाले आगामी 23 जुनसम्म यी क्षेत्रहरुलाई कोरोना संक्रमित क्षेत्रको रूपमा घोषणा गरिएको बताउँदै त्यस दिनसम्म कसैलाई पनि घरदेखि बाहिर ननिस्किदिने अपील गरे। ती संक्रमित गाउँहरुमा कुनै पनि असुविधा भएको खण्डमा मङपु पुलिस आउटपोस्ट प्रभारी बिजय थामीले स्थानीय समाज, पुलिस प्रशासन, स्वास्थ्य कर्मी अनि मङपु अस्पताल संरक्षण समितिका संयोजक किरण पाख्रीनसित सम्पर्क गर्न सक्ने जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *