मङपुको तीनवटा ग्राम पञ्चायतमा स्वास्थ्य साथी कार्ड खिच्ने क्रम जारी

मङ्पु: रंगली रंगलीयट तकदाह खण्ड अन्तर्गत पर्ने मङपुको रोङचोङ, रेसेप साथै लाब्दा ग्रामपञ्चायत कार्यालयमा स्वास्थ्य साथी कार्डको लागि फोटो खिच्ने क्रम जारी छ। गत 16 र 17 सेप्टेम्बरको दिन रोङचोङ ग्राम पञ्चायतमा अनि आज 18 सेप्टेम्बरको दिन रेसेप ग्राम पञ्चायतमा स्वास्थ्य साथी कार्डको लागि मानिसहरूको फोटो खिचियो। यसैगरी भोलि 19 सेप्टेम्बरको दिन लाब्दा ग्राम पञ्चायत कार्यालयमा स्वास्थ्य साथीको फोटो खिच्ने कार्यक्रम अन्तर्गत शिविरको आयोजना गरिएको बताइएको छ। उक्त शिविरमा केवल खण्ड विकास कार्यालयबाट टोकन आएका मानिसहरूको लागि मात्र स्वास्थ्य साथी कार्डको लागि फोटो खिचिने जानकारी प्राप्त भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *