मङ्पु लाब्दा विभागमा ‘हुनेले दिएर जाऊ नहुनले लिएर जाऊ’ कार्यक्रम

मङ्पु: हाम्रो मङपु राम्रो मङपु संस्थाको आयोजनमामा आज फेरि चौथो चरणमा ‘हुनेले दिएर जाऊ अनि नहुने लिएर जाऊ’ कार्यक्रम अन्तर्गत आज लाब्दा विभागमा दैनिक रोजगार गर्ने तथा विपन्न परिवारका मानिसहरुले खाद्य सामाग्रीहरू लगेर गए भने यहाँका हुने मानिसहरुले चामल लगायत खाद्य सामाग्रीहरू नहुनेहरूको लागि दिएर गए। आज लाब्दा खासमहालको सुनखरी-(क) समाजले खाद्यान्न सामाग्री ‌तथा साग-सब्जीहरू ‌सहयोग गरिदिएकोमा हाम्रो मङपु राम्रो मङपु-का बिदेन प्रधान अनि प्रणय राईलाई आभार व्यक्त गरेको छ। अर्कोतिर, संस्थाका सदस्य विभोर सिङदनले पनि खाद्य सामाग्री दिएर सहयोग गर्ने सबै मानिसहरुप्रति आभार प्रकट गरेका छन्। तिनले बताए अनुसार आगामी 19 जूनको दिन पाचौं चरण अन्तर्गत हुनेले दिएर जाऊ अनि नहुनेले लिएर जाऊ कार्यक्रम मङ्पु सिम्लेमा हुने भएको छ। आज लाब्दा विभागमा कोरोना पोजेटिभ भएर होम आइसोलेसनमा बसेका मानिसहरुलाई पनि संस्थाको पक्षबाट खाद्य सामाग्री अनि साग-सब्जीहरू वितरण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *