मङ्पु लाब्दा समष्टिमा बिमल खेमाबाट 23 जना गोजमुमो 2-मा सामेल

मङ्पु: अनित थापाको सोंच अनि नेतृत्वलाई स्वीकार गर्दै मङ्पुका सुशन छेत्रीको नेतृत्वमा आज 23 जनाले बिमल खेमालाई त्यागेर अनित थापाको नेतृत्वको गोर्खा जनमुक्ति मोर्चा पार्टीमा सामेल भए। अनित थापाले तिनीहरूलाई खादा अर्पण गरेर पार्टीमा स्वागत जनाए। आफू अनि सहयोगीहरु अनित पन्थीमा सामेल हुनको कारण बताउँदै सुशन छेत्रीले भने, “मेरो गाउँ, छिमेकी तथा समाजको विकास सोचेर आएको हुँ। जुन विकास मैले 2007 देखि पर्खीरहेको थिए। म आकर्षित भएको अनित थापाको नयाँ सोच अनि नयाँ विचारले हो अनि तिनको काम गर्ने तरिकाले हो।”


Leave a Reply

Your email address will not be published. Required fields are marked *