मङ्पू-लाब्दा समष्टिमा हाम्रो पार्टी गठन

मङ्पू: पहाडको कुना-काप्चाहरूमा पनि हाम्रो पार्टीको संगठन विस्तार तीव्र गतिमा चलिरहेको छ। यसैक्रममा आज मङ्पू 74 धुराको सार्वजनिक भवनमा हाम्रो पार्टीको सभा सम्पन्न भयो। सभामा हाम्रो पार्टीको को-अर्डिनेटर प्रमोद रूम्बा विशेष रूपमा उपस्थित थिए। त्यसरी नै मङ्पू क्षेत्रका विभिन्न ठाउँहरूबाट पार्टी कार्यकर्ता एवम् समर्थकहरूको बाक्लो उपस्थिति रहेको थियो। सीबी राईको अध्यक्षतामा सम्पन्न भएको सभालाई नीमा शेर्पा, भोज कुमार राई, सरोज शर्मा, सन्दीप शर्मा, निलम तामाङ, बुद्ध रसाइली, अञ्जु राई, टीका सिंहगौरे, कुलदीप राई, पार्टी को-अर्डिनेटर प्रमोद रूम्बा आदिले आ-आफ्नो सम्भाषण राखे।


यसैक्रममा प्रगति रूचालले मङ्पू समष्टिमा हाम्रो पार्टीलाई दह्रिलो बनाउँने प्रस्ताव राख्दै प्रमोद रूम्बालाई मङ्पू-लाब्दा समष्टिको अध्यक्ष, निलम राई उपाध्यक्ष, सचिव विनोद रसाइली, सह-सचिव भोज कुमार राई, कोषाध्यक्ष प्रेरणा गुरूङ, ईशा गुरूङ, प्रवक्ता अदिप तामाङ र कुलदीप राई, मुख्य सल्लाहकार नीमा शेर्पा, सुनिल राई, सुमन तामाङलाई चयन गरियो। त्यसरी नै कार्यकारिणी सदस्यहरू शेखर तामाङ, सरोज शर्मा, राहुल शर्मा, टीका सिंहगौरे, सन्दीप शर्मा, विन्दिया तामाङ, बुद्ध रसाइली अनि आदित्य शेर्पालाई चयन गरिएको छ।मङ्पू-लाब्दा समष्टिको पार्टीका नेतृत्वगण, कार्यकर्ता साथै समर्थकहरूले आफ्नो समष्टिमा हाम्रो पार्टीलाई अब दह्रिलो बनाएर लैजाने संकल्प लिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *