मङ्पूलाई प्लास्टिक मुक्त राख्ने उद्देश्यले विद्यार्थीहरूद्वारा सचेतना ऱ्याली

मङ्पू: मङ्पूलाई प्लास्टिक मुक्त राखौं भन्दै रङ्बी ज्ञानपीठ उच्चतर माध्यमिक विद्यालयको तर्फबाट आज प्लास्टिकको प्रयोग निषेधबारे जनचेतना ऱ्यालीको आयोजना गरियो। आज बिहान स्कुलको प्रार्थना सभा अवधि विद्यालयका प्रधान अध्यापक दिलीप गुरूङले विद्यार्थीहरूलाई प्लास्टिकको प्रयोग गर्नाले हुने विविध हानी तथा नोक्सानी बारेमा अवगत गराए।


यसको साथै विद्यालय परिसरदेखि शुरू गरेर स्थानीय दोकानेहरूलाई फ्याँकिएको प्लास्टिकको पनि प्रयोग गर्न सकिन्छ भन्दै इकोब्रिकएवम् प्लास्टिक ब्रिक बारे जानकारी गराएर अबउसो प्लास्टिकको प्रयोग गरे तापनि जताभावी नफ्याँकीदिने साथै नजलाइदिने विद्यार्थीहरूले यहाँका दोकानेहरूलाई अनुरोध गर्दै प्लास्टिक थुपारेर पाठशालालाई सम्पर्क गरिदिने अनुरोध गरे। यसैगरी, प्लास्टिकको प्रयोगले जनसाधारणलाई हुने गरेका हानीहरूबारे पनि अवगत गराइयो। यस अवसरमा विद्यार्थीहरूले एउटा सचेतना ऱ्याली निकालेर बीचकमान, दोकान डाँडा परिसर हुँदै अन्तमा घुमेर पाठशालामा आइपुगे पछि उक्त ऱ्यालीको समापन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *