मङ्पु लाब्दाको 131 परिवारलाई संग्रहित राशन वितरण

मङ्पु: कोविड 19-को महामारीलाई मध्य नजर राख्दै गठन गरिएको मङ्पुको लाब्दा हेल्थ अवेरनेस कमिटीले धेरै सामजिक कार्यहरू गर्दै आइरहेको छ। यसै क्रममा, गत महीना झैं यस महीना पनि कमिटीले राशन कार्ड डिलर अन्य ठाउँहरूमा रहेको लाब्दा क्षेत्रका धेरै परिवारको राशन संग्रहित गरेर 131 परिवारलाई राशन वितरण गर्यो।


यसको साथै यस प्रकारको काम कमिटीले सधैभरि गर्न नसक्ने भएकोले गर्दा आफ्नो डिलरको नामहरु सच्याउने कामतर्फ ध्यान दिने तिनीहरूलाई अपिल पनि गरियो। लाब्दा हेल्थ अवेरनेस कमिटीलाई मिगेन राईले 10 हजार अनि गोर्खा जनमुक्ति युवा मोर्चा सभापति दिब्य प्रकाश बम्जनले 20 हजार आर्थिक सहयोग प्रदान गरेकोले तिनीहरूप्रति कमिटीका पदाधिकारीहरूले आभार प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *