मङपुमा 125औँ मंगल जयन्ती भव्य रूपमा पालन

मङपु : स्थानीय श्रीकृष्ण प्रणामी मन्दिरमा रङबी विभाग मङपुमा 125औँ मंगल जयन्ती भव्य रूपमा  सम्पन्न  भयो। भक्तजनहरूको अपार उपस्थितिमा सम्पन्न उक्त समारोहको अध्यक्षता दिलिप गुरुङले गरेका थिए भने विशिष्ट अतिथिमा किरण ब्लोन उपस्थित थिए। यस अवसरमा 125 वटा  दीप प्रज्ज्वलन गरेर गुरुजीको प्रतिकृतिमा माल्यर्पण गरी २ वटा गुरु बन्धना प्रस्तुत गरियो। दुष्यन्त रामुदामुले स्वागत सम्भाषण राखेका थिए भने साहिल गुरुङले मंगल जीवानीबारे सुन्दर प्रस्तुति दिए।


मंगल सेवा फाउन्डेसन मङपुद्वारा प्रत्येक वर्ष प्रदान गरिने गुरुजी मंगल प्रज्ञा पुरस्कार 2020 यस वर्ष क्रमैले दसौँ श्रेणीमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने विद्यार्थी शाक्षी थापा अनि बाह्रौँ श्रेणीमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने सिम्रन गुरुङलाई प्रदान गरियो।  संस्थाद्वारा यस वर्षदेखि शुरू गरिएको मंगल नागरिक सेवा सम्मान किरण ब्लोन मङपुलाई तिनको सामाजिक दिशा निर्देश, सेवा र नागरिकहरूको सेवाको निम्ति प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *