मङ्पुमा 27 जनाको रेपिड टेस्टमध्ये दुईजना कोरोना पोजेटिभ

मङ्पु: मङपु क्षेत्रमा अहिलेसम्म मोठ 29 जना कोरोना संक्रमित भइसकेको छ भने तीमध्ये 12 जना पुर्णरूपले यस संक्रमणबाट जाति भइसकेको सम्बन्धित विभाग सूत्रले जनाएको छ। यसरी नै आज अस्पतालमा गरिएको 27 जनाको रेपिड टेस्टमध्ये दुई जनालाई कोरोना पोजेटिभ भेट्टाइएपछि तिनीहरुलाई होम आइसोलेशनमा राखिएको छ। यसबारे कोभिड को-अर्डिनेटर किरण पाख्रीनले जानकारी दिएका छन्। यसरी नै आगामी 21 मईको दिन मङपु अस्पतालमा आरटीपीसीआर टेस्ट गरिने भएको कारण सम्पूर्ण मङपुवासीलाई कोरोना आरटीपीसीआर टेस्ट गर्नको निम्ति आइदिने तिनले अपील गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *