मङपूमा 31औँ नेपाली भाषा मान्यता दिवस पालन

मङपू: हाम्रो मङपू राम्रो मङपूको आयोजनामा आज मङपूमा 31औँ नेपाली भाषा मान्यता दिवस स्थानीय रोय बङ्ग्लोमा कवि सुरेन्द्र थिङ्गको सभापतित्वमा पालन गरियो। विभोर तामाङ अनि अनित खातीले सञ्चालन गरेको उक्त कार्यक्रममा मङ्पूका कविहरू क्रमैले कवि शरण मुस्कान गुरूङ, कवि दीप थापा, कवि प्रमिला मुखिया, कवि सुभद्र बम्जन, कवि दुष्यन्त रामुदामु, कवि सुनिल राई, कवि सन्दीप दियाली सम्पूर्णले धेरै उत्कृष्ट कविता वाचन गरे। यसै कार्यक्रममा “सोसिएल जसटिस फर इन्टरनेशल सिभिल राईट्स काउन्सिल”-ले गत 19 अगस्तको दिन दिल्लीको संविधान भवनमा उत्कृष्ट अन्तर्राष्ट्रिय पत्रकार सम्मानले सम्मानित गरिएका पत्रकार केशर मोक्तान गाउँले-लाई हाम्रो मङपू राम्रो मङपू समूह अनि नेपाली भाषा मान्यता दिवस समारोह समितिले सयुक्त रूपमा संवर्द्धना जनाइयो।


यसको साथै हाल शिक्षक कार्यबाट सेवानिवृति प्राप्त लिनु भएका सरस्वती उच्चतर माध्यमिक विद्यालयको शिक्षक विशोर कार्कीलाई पनि संवर्द्धना जनाइयो। समारोहका प्रमुख अतिथि सभासद रतन कुमार थापा लगायत विशिष्ट अतिथिहरू साहित्यकार केबी गिरी, सुरेन्द्र थिङको बाहुलीबाट ती द्वयलाई संवर्द्धना पत्र प्रदान गरेर सम्मान जनाइयो। आजको कार्यक्रममा प्रमुख अतिथि मङपू-लाब्दा समष्टि सभासद रतन कुमार थापा उपस्थित थिए भने विशिष्ट अतिथिहरूमा केबी गिरी, जगत राई, राम पोख्रेल, विज्ञान मिश्र, एडवर्ड लेप्चा, दीप थापा, बिदुर कार्की, सुभद्र बम्जन, प्रमिला मुखिया लगायत भाषा प्रेमी अतिथिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *