मङपुमा 45 वर्षभन्दा माथिका 8 सयभन्दा अधिक मानिसहरूले लगाए कोरोनाको खोप

मङपु : मङपु सरकारी अस्पतालमा आज छैटौं चरणको कोरोना भ्याक्सिनेसन कार्यक्रम सम्पन्न भयो। तकदाह स्वस्थ्य खण्ड विभाग अनि मङपु अस्पतालको संयुक्त पहलमा आज मङपुमा 45 वर्षभन्दा माथिका 8 सयभन्दा अधिक मानिसहरूले कोरोनाको खोप लगाएको स्वास्थ्य कर्मी रुपेश सिङदन अनि ट्रास्कफोर्स सदस्य किरण पाख्रीनले जानकारी दिएका छन्। आज मङपु क्षेत्रका आशा कर्मी, एएनएम अनि सम्पूर्ण स्वास्थ्य कर्मीको सहयोगमा 8 सयभन्दा अधिक मानिसहरूले कोरोनाको खोप लगाए। स्वास्थ्य कर्मीहरूले कोरोनाको सबै नियमहरू पालन गर्दै खोप लगाइदिए तापनि खोप लगाउन आउने मानिसहरूले सामाजिक दूरी पालन नगरेको देखियो। गत 22 मार्चमा प्रथम चरणको खोप लगाउनेहरूलाई आज दोस्रो खोप लगाइयो। यसैगरी अप्रेल महिनामा प्रथम चरणको भ्याक्सिन लगाउनेहरूलाई पनि पालैपालो गरेर दोस्रो भ्याक्सिन लगाइनेछ। यसको साथै 18 वर्षभन्दा माथिकाहरूलाई ५ मईको बादमा भ्यक्सिनेसन गरिने तकदाह खण्ड स्वास्थ्य कर्मी रुपेश सिङदनले जानकारी गराएका छन्। तकदाह खण्ड स्वास्थ्य विभागमा कोरोना भ्याक्सिनको स्टक हेरेर मङपुमा फेरि कहिले भ्याक्सिन लगाउने हो भन्नेबारे पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराइने टास्क फोर्स सदस्य तथा को-अर्डिनेटर किरण पाख्रीनले बताए। आजको भ्याक्सिनेसन कार्यक्रममा मङपु सिन्कोना बगान अस्पतालका डाक्टर अरुप घोसाल पनि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *