मङपुमा 45 वर्ष माथिका मानिसहरूलाई कोरोना भ्याक्सिन

मङ्पु: मङपु अस्पतालमा आज फेरि 45 वर्षभन्दा अधिक उमेर पुगेका मानिसहरुको निम्ति तेह्रौ चरणमा कोरोनाको भ्याक्सिन लगाइयो। मङपु अस्पताल संरक्षण समिति, तकदाह खण्ड स्वस्थ्य विभाग अनि मङपु अस्पतालका कर्मचारीहरू तथा आशा कर्मीहरुको पहलमा आज मानिसहरूलाई कोरोनाको भ्याक्सिन लगाइयो।


यस अवसरमा भ्याक्सिन लगाउन आएका मानिसहरूले कोरोनाबारे सरकारद्वारा जारी निर्देशनलाई पूर्ण रूपले पालन गर्दै विशेष रूपमा सामाजिक दुरीको पालन गर्नको साथै अनिवार्य रूपमा मास्क लगाएर आएका 45 बर्षभन्दा अधिक उमेरका 200 जनाभन्दा अधिक स्थानीय मानिसहरुलाई भ्याक्सिन लगाइयो। टास्क फोर्सका सद्स्य किरण पाख्रीनले कोरोना 19-को सबै नियमलाई पालन गर्दै आज पनि मङपु अस्पतालमा सफलतापूर्वक 45 वर्षभन्दा अधिक उमेर पुगेकाहरूलाई भ्याक्सिन लगाएको जानकारी दिएका छन्। यसको लागि सहयोग पुऱ्याउने सबैजना प्रति तिनले आभार व्यक्त गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *