मङपुमा 7 र 8 नोभेम्बरमा दुईदिने दिपावली वार्षिक खेलकुद एवम् मेलाको आयोजना गरिने

मङपु : प्रत्येक वर्ष भाइटीकाको भोलिपल्ट अनि पर्सिपल्ट हुने वार्षिक दिपावली खेलकुद यसपल्ट पनि आगामी 7 र 8 नोभेम्बरको दिन मङपु जनमैदानमा आदर्श श्रमिक कल्याण केन्द्रको आयोजना सम्पन्न हुने पत्रकार सम्मेलन गरेर आयोजक समितिका बुद्धकुमार मोक्तानले जानकारी दिएका छन्। प्रथम 7 नोभेम्बरको दिन अन्तर विभागीय माझ विभिन्न खेलकुद प्रतियोगिता अनि केटाहरू माझ खुल्ला म्याराथन दौड प्रतियोगिता गरिने भएको छ भने दोस्रो दिन 8 नोभेम्बरमा अन्तर सिन्कोना प्लन्टेशन माझ विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न हुनेछ। यसको साथै स्थानीय विद्यालय माझ विभिन्न खेलकुद प्रतियोगिता लगायत केटीहरू माझ खुल्ला म्याराथन दौड प्रतियोगिता सम्पन्न हुने तिनले जानकारी गराए। उक्त दुईदिने वार्षिक खेलकुद प्रतियोगितामा आयोजक समितिको तर्फबाट सबैलाई हार्दिक स्वागत गर्दै अनिवार्य रूपमा सबैले मास्क लगाएर मैदानमा प्रवेश गरिदिने आयोजक समितिले अपील गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *