मङ्पुमा आजदेखि एक हप्ताको लागि लकडाउन शुरू

मङ्पु: पहाड क्षेत्रहरूमा पनि लगातार बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राखेर मङपु बजारलगायत अन्य वरिपरीका ठाउँहरूमा आजदेखि 10 अगस्तसम्म एक हप्ताको लागि लकडाउन शुरू भएको छ। जीटीए निगरानी समितिका संयोजक अनि ब्लक लेबल ट्रास्क फोर्सका सदस्य किरण पाख्रीनको नेतृत्वमा मङपु निगरानी समितिको महत्वपुर्ण एउटा सभामा हिजो उक्त निर्णय लिएको बताइएको छ। हाल कोरोना संक्रमण बढिरहेकोले यसलाई रोक्न साथै हाल चारैतिर बन्द रहेको अवस्थामा पनि मङपु बजार एकदमै ज्यादा भीड रहेने गरेकोले गर्दा नै उक्त एक हप्ताको लागि लकडाउन गर्ने निर्णय लिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *