मङपुमा कोरोनाबारे सचेतना सभा, तीनवटा ठाउँ कन्टेनमेन्ट जोनको रूपमा घोषणा

मङ्पु: तकदाह खण्ड विकास अधिकारी भारती चिक बराईकको नेतृत्वमा आज यहाँको सरस्वती विद्यालय भवनमा मङपुको तीनवटा ग्राम पञ्चायत अन्तर्गत पर्ने समाज अनि संघ-संस्थानका प्रतिनिधिहरूलाई लिएर कोरोना संक्रमणको रोकथामबारे एउटा सचेतना सभा सम्पन्न गरियो। सभामा तकदाह खण्ड विकास अधिकारीले हाल मङपुको तीनवटा ठाँउहरु क्रमैले लाब्दा ग्राम पञ्चायतको लाबरबोटे, रेसेप ग्राम पञ्चायतको भानुटोल अनि रोङचोङ ग्राम पञ्चायत अन्तर्गत पर्ने किम्बु धुरामा कोरोना संक्रमित व्याक्तिहरुको संख्या अधिक बढेकोले गर्दा नै यी ठाँउहरुलाई चिन्हित गरेर कन्टेनमेन्ट जोन घोषणा गरिएको कुरा जनाइन्। यी तीनवटा ठाँउको सबै मानिसहरुलाई 17 दिनसम्म आ-आफ्नो घरबाट ननिस्किदिने तिनले अपील गर्दै त्यस ठाँउका मानिसहरुलाई वरिपरिको समाज, सङ्घ-संस्थाका प्रतिनिधिहरुले सहायता गरिदिने अनुरोध गरिन्। आजदेखि राज्य सरकारले फेरि आगामी 30 जुनसम्म लकडाउनको मियाद बढाएको कुरा पनि तिनले बताइन्। यसैगरी, खाद्य सामाग्रीहरू बोक्ने गाडीहरू पनि स्थानीय पुलिसको अनुमति पत्र लिएर मात्र चल्न सक्ने तथा आपातकालीन सेवा वाहेक अन्य सबै निजी वाहनलाई चलाचल गर्न पूर्ण प्रतिबन्द लगाएको र पुलिसको अनुमति पत्र भएको वाहन मात्र चल्न सक्ने बारे खण्ड बिकास अधिकारीले जानकारी दिइन्। स्वास्थ्य बिषयलाई लिएर डा.सुमनले अनि ग्रामीण समस्यालाई लिएर स्थानीय टास्क फोर्सका किरण पाख्रीन, उर्गेन शेर्पा, किरण ब्लोन अनि केशर मोक्तानले सभामा सम्बोधन गरे। सभामा तकदाह खण्ड विकाश अधिकारी, स्वास्थ्य अधिकारी डा. सुमन, तीनवटा ग्राम पञ्चायतका प्रतिनिधिगण, तकदाह टास्क फोर्स सद्स्य किरण पाख्रीन, पुलिस प्रशासन अनि स्थानीय सबै समाज, संघ-संस्थाका प्रतिनिधिहरु उपस्थिति थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *