मङ्पुमा ‘दैलोमा सरकार’ कार्यक्रम मार्फत उठाए मानिसहरूले लाभ

मङपु: राज्य सरकारको निर्देशमा दार्जिलिङको रंगली रंगलीयट ब्लक, तकदाह अन्तर्गत मङपुको तीन वटा रेसेप, लाब्दा अनि रोङचोङ ग्राम पञ्चायतलाई लिएर आज मङपु सरस्वती विद्यालय भवनमा दैलोमा सरकार अर्थात द्वारे सरकार कार्यक्रम सम्पन्न भयो। रंगली रंगलीयट ब्लक तकदाह खण्ड बिकास अधिकारी भारती चिक बराईकको उपस्थितिमा रेसेप, लाब्दा अनि रोङचोङ ग्राम पञ्चायतका हजारौं संख्यामा मानिसहरुले राज्य सरकारद्वारा प्रायोजित द्वारे सरकार कार्यक्रमको लाभ उठाए।


ब्लक कार्यालयबाट आएका विभिन्न विभागका अधिकारी तथा कर्मचारीहरूले राज्य सरकारद्वारा प्रदान गरिएको विविध साहुलियत तथा सुविधाहरूबारे सम्बन्धित मानिसहरूलाई जानकारी दिए। कोविद १९-को नियमलाई पूर्ण रूपले पालन गर्दै कार्यक्रममा खटिएका ब्लकको सम्पूर्ण कर्मचारीहरूले मास्क लगाएर कार्य गरेको देखियो। उक्त सेमिनारमा स्वनिर्भर दलहरुले आफुले घरमा फुलाएका विभिन्न प्रजातिका सुन्दर फुलहरु अनि आफैले बनाएका विविध सर-समानहरु पनि बिक्रीमा राखिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *