मङ्पुमा ‘हुनेले दिएर जाऊ, नहुनेले लिएर जाऊ’ खाद्यान्न वितरण कार्यक्रम

मङपु: हाम्रो मङपु राम्रो मङपुको पहलमा कोरोनाको दोस्रो वेभ महामारीको समयमा हुनेले दिएर जाऊ अनि नहुनेले लिएर जाऊभन्दै खाद्य सामाग्रीहरू लिइने तथा दिइने क्रम काम जारी छ। आज तेस्रोपल्ट हाम्रो मङपु राम्रो मङपु संस्थाले मङपु विभाग चौरस्तामा पुगेर यस प्रकारको कार्यक्रम गरे, जसमा धेरै जनाले खाद्यान्न समाग्री अनि साग-सब्जी दिएर सहयोग  गरे भने विपन्न परिवारले उक्त कामको सरहना गर्दै खाद्यान्न सामाग्री अनि साग-सब्जीहरू लिएर गए। यसरी नै आगामी 11 जूनमा पनि संस्थाको पहलमा लाब्दा ग्रामसेवक मैदानमा यस प्रकारको कार्यक्रम गरिने संस्थाका सद्स्य बिभोर सिङद्नले जानकारी दिएका छन्। यसरी आजको कार्यक्रममा खाद्यान्न अनि साग-सब्जीहरू दिएर सहयोग गर्ने सम्पूर्ण  मानिसहरुलाई संस्थाको पक्षमा प्रणय राई, बिदेन प्रधान र सन्दीप दियालीले आभार प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *