मङपुमा झाँकीहरूको साथमा निकालिइयो फुलपाती शोभायात्रा

मङपु : नेपालीहरूको महान् चाँड शुभ विजय दशमीको आज सप्तमीको दिन गोपाल रुचालको अध्यक्षतामा मङपुमा फुलपाती सांस्कृतिक शोभायात्रा निकालिइयो। यस अवसरमा विविध सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरियो। मङ्पु फुलपाती सांस्कृतिक समारोह समितिको आयोजनामा आज फुलपाती शोभायात्रा मङपुको रेसेप बजारदेखि नालीडाँडा हुँदै बसस्ट्यान्डसम्म निकालिइयो भने शोभायात्रामा धेरै संख्यामा स्थानीय मानिसहरू सांस्कृतिक झाँकीको साथमा सामेल भएका थिए।


बिशोर कार्कीले सञ्चालन गरेको समारोहमा समितिका सचिव मन्जित थापाले स्वागत सम्भाषण राखे। भजन गायक पदम बराईलीले मिठो दुर्गा भजनहरू प्रस्तुत गरेपछि स्थानीय कलाकारहरूले मालास्री धुनसँगै गीतहरू प्रस्तुत गरे। यसको साथै फुलपाती शोभायात्रा कार्यक्रमको अवसरमा आज स्थानीय कलाकारहरूले नेपाली लोक सांस्कृतिक गीत तथा नृत्यहरू प्रस्तुत गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *