मङपुमा माध्यामिक शिक्षक संगठन क्षेत्रीय समिति गठन

मङपु : मङपु सरस्वती विद्यालयमा माध्यमिक शिक्षक संगठन क्षेत्रीय समितिको महत्वपूर्ण सभा प्राध्यापिका सीके राईको अध्यक्षता सम्पन्न भयो।  उक्त सभामा निम्न प्रकारले मङपु माध्यमिक शिक्षक संगठन क्षेत्रीय समिति गठन गरियो। उक्त समितिमा सभापति जगत राई, सचिव शरण गुरुङ, उपसभापति सपना खडका, सह सचिव निसाद लामा, कोषाध्यक्ष सुरेखा गुरुङ, प्रमुख सल्लाहकार चन्द्रकला राई, बीके गुरुङ, प्रकाशचन्द्र राई, बिशोर कार्की, सिनोरा प्रधान, विवेक छेत्री लगायत अन्यलाई कार्यकारिणी सदस्यको रूपमा चयन गरियो।


सभामा माध्यामिक  शिक्षक संगठनका चिफ को-अर्डिनेटर अनिल शर्मा अनि जिल्ला सचिव राम तामाङ लगायत स्थानीय उच्चत्तर माध्यामिक, माध्यामिक र निम्न उच्च विद्यालयका शिक्षक-शिक्षिकाहरूको बाक्लो उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *