मङपुमा ‘मुटुमिचि’ म्युजिक भिडियोको छायाङ्कन समाप्त

मङपु: मङपुका उमेश उपमाद्वारा लिखित “मुटुमिचि” नेपाली म्युजिक भिडियोको छायाङ्कन आज समाप्त भएको छ। चलचित्र निर्देशक अनमोल गुरुङको निर्देशनमा सम्पन्न  भएको छोटो म्युजिक भिडियो मुटुमिचि-को छायाङ्कन गत तीन दिनदेखि मङपुको रम्बी बीचकमान क्षेत्रमा भइरहेको थियो भने उक्त छायाङ्कन समाप्त भएको छ। उक्त म्युजिक भिडियोमा स्थानीय केही कलाकारहरू सहित नेपालका ख्यातीप्राप्त नायक बुद्धि तामाङ, चर्चित नायिका सुरक्षा थापा, दार्जिलिङका नायिका रिया भुजेल, नायक सिद्धराज तामाङ लगायत उमेश थापा, पुस्कर सिङ्गर, शरण गुरुङ, निर्मल मंगर, स्नेहश्री थापा, सानिध्य थापा आदिले अभिनय गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *