मङपुमा नि:शुल्क स्वास्थ्य, आँखा जाँच अनि रक्तदान शिविरको आयोजना

मङपु : मङपु रम्बी बीचकमान प्राथमिक पाठशालामा गुरुजी मंगलप्रभा सेवा समिति मङपुको आयोजनामा आज नि:शुल्क स्वास्थ्य जाँच शिविर अनि रक्तदान शिविरको आयोजना गरियो। गोर्खा चेरिटेबल अस्पताल, हिमालयन वेलफेयर अर्गनाइजेसन, मंगल धाम कालेबुङ, गुरुजी प्रणाम मिशन ट्रस्ट कालेबुङ अनि  सेवासदनको संयुक्त पहलमा आज स्वास्थ्य जाँच शिविरको आयोजना गरिएको हो। उक्त शिविरमा 2 सयभन्दा अधिक मानिसहरूको आफ्ने स्वास्थ्य  जाँच  गराए।


मङपु लाब्दा विभाग शान्ति धुरा निवासी ज्ञानेनन्द्र राईले आफ्नो माताको नाममा गुरुजी मंगलप्रभा सेवा समिति मङपुलाई एउटा फोल्डिङ बेड साथै अन्य स्वास्थ्य समाग्री  प्रदान गरेकोमा आयोजक समितिले आभार  व्यक्त गरेको छ। यसको साथै रक्तदान शिविरको पनि आयोजना गरिएको थियो भने शिविरमा मोठ 50 युनिटभन्दा अधिक रगत संग्रह गरिएको बताइएको छ। उक्त शिविरमा चिकित्सक डा. सीके छेत्रीले मानिसहरूको स्वास्थ्य जाँच गरे। आजको स्वास्थ्य जाँच शिविरमा उपस्थित चिकित्सकहरू, स्वास्थ्य कर्मीहरू, स्वयम्‌सेवक अनि अन्य सहयोग गर्ने सबैलाई आयोजक समितिका सचिवले आभार व्यक्त गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *