मङ्पुमा पक्का रोडको विधिवत् उद्घाटन

मङ्पु: जीटीएको पहलमा मङ्पु लाब्दा समष्टि अधिनस्थ पर्ने मङ्पु विभागको सानो चौरास्थादेखि सन्त जोसेफ स्कुलसम्म जाने पक्का रोडको आज विधिवत् रूपमा उद्घाटन गरियो। बौद्ध धर्मगुरूले आज विधिपूर्वक पुजा-अर्चना गर्नको साथै नरियल फुटाएपछि गोजमुमो विनय खेमाको केन्द्रिय समिति युवा मोर्चा प्रवक्ता अनित खाती, खरसाङ महकुमा समितिका सचिव बिज्ञान मिश्र, मङपु लाब्दा समष्टिका युवा मोर्चा अध्यक्ष दिब्य प्रकाश बम्जन, सचिव शरद थापा अनि सन्त जोसेफ स्कुलका फादर लगायत शिक्षक प्रकाश चन्द्र राई, असित घले, मोर्चा प्रतिनिधि पवन बल, किशोर थापा साथै पार्टी प्रतिनिधिगण, युवा मोर्चा प्रतिनिधि अनि ग्रामवासीको उपस्थितिमा उक्त रोडको उद्घाटन गरियो। यसरी यहाँको दिर्घ दिनदेखिको समस्यालाई ध्यानमा राखेर रोड निर्माण गरिदिएकोमा जीटीए अध्यक्ष अनित थापालाई स्कूलका फादर लगायत ग्रामवासीहरूले कार्यक्रममा आभार व्यक्त गरे| उक्त रोड निर्माणले अब यहाँको विशेष गरेर शैक्षिक क्षेत्र सहित गाउँलेहरूलाई धेरै सुविधा प्राप्त हुने भएकोले यहाँको सम्पूर्ण ग्रामवासीमा खुशीको लहर छाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *