मङपुमा “फर्केर हेर्दा मङपुमा प्रणामी धर्म”-को लोकार्पण

मङपु : श्रीकृष्ण प्रणामी गीता मन्दिर सञ्चालक समिति मङपुको आयोजनामा रेसेप कृष्ण प्रणामी गीता मन्दिरमा साहित्यकार सुनिल राई र हरिलाल छेत्रीद्वारा लिखित पुस्तक फर्केर हेर्दा मङपुमा प्रणामी धर्म”-को आज लोकार्पण गरियो। सपना खडकाले सञ्चालन गरेको समारोहमा परम सन्त गुरुजी श्री 108 मोहन प्रियाआचार्य, साहित्यकार, नृत्यकार, नाट्य भूषण सीके श्रेष्ठ, एके गुरुङ लेखक द्वय लगायत अन्य धर्मगुरुको बाहुलीबाट उक्त पुस्तकको लोकार्पण गरियो। उक्त पुस्तक बिक्री गरेर संकलन गरिएको राशिको सदुपयोग श्री कृष्ण गीता मन्दिर ट्रस्ट मार्फत बिरामी रोगीहरूलाई सहयोग गर्ने लेखक द्वयले बताए। उक्त पुस्तकको विमोचन समारोह अनि पुजामा सहयोग गर्ने सम्पूर्ण भक्तजनहरूलाई सभापति कुबिर सिंह छेत्री अनि सचिव अनिल छेत्रीले आभार व्यक्त गरेका छन्। आजदेखि यसै प्रणामी गीता मन्दिरमा सप्ताह व्यापी धार्मिक अनुष्ठान श्री मदभागवत् अनि कलश अनावरण कार्यक्रम आगामी 26 मार्चसम्म चल्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *