मङ्पुमा पिउने पानी वितरण

मङ्पु: गोर्खा जनमुक्ति विद्यार्थी मोर्चा अध्यक्ष अन्मोल थापाको पहलमा साथै एनएचपीसी-को सहयोगमा आज मङ्पु रेशेप बजारदेखि नाली डाँडा, मङ्पुर चौरस्ता हुँदै स्कुल डाँडासम्म वाहनमा ल्याएर पानी वितरण गरियो। पानी वितरण गरिनुको मुख्य उद्देश्य ब्रिट्रिस कालमा नै मङ्पुमा पानी ल्याउनको लागि लगाइएको पानीका पाइपहरू विभिन्न ठाउँमा सिन्कोना विभागद्वारा मरमति भइरहेको र मुहानमा पनि पानी कम भएकोले साधरण जनमानसलाई असुविधा नहोस् भन्ने मनसायले आजदेखि समस्या समाधान नभएसम्म लगातार रुपमा पानी वितरण गरिने बताइएको छ।


उक्त पानी वितरण अवधि समष्टि सभापति सरन राई, युवा मोर्चा महकुमा महासचिव संजीव सुवेदी, युवा मोर्चा समष्टि सभापति सागर गुरुङ, युवा मोर्चाका सदस्यहरु, केन्द्रिय समिति बिद्यार्थी मोर्चा सभापति अनमोल थापा, समष्टि स्तरीय बिद्यार्थी मोर्चा सभापति विश्वास राई, साङ्गठनिक सचिव आशिष गुरुङ आदि उपस्थित रहेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *