मङ्पुमा पुलिसको नाका चेकिङ जारी

मङ्पु: लकडाउनको समय अनावश्यक वाहनहरूलाई चल्न नदिन मङपु पुलिसले आजदेखि स्थानीय नालीडाँडामा नाका चेकिङ शुरू गरेको छ। लकडाउनको समय अवधि राज्य सरकारले अझ 15 दिनको निम्ति बढाएको छ भने मङपु पुलिसले अनावश्यक गाडीहरु चेकिङ गर्दै कानुनी कार्वाही गर्ने चेतावनी दिएको छ। आज सिलगढीबाट सर-समानहरू लिएर आउने मालवाहक वाहनहरुलाई पनि रोकेर सौदापात लिन जाँदा दिएको अनुमति पत्र छ-छैन भन्नेबारे पुलिसले जाँच गरे। पुलिसले यस महामारीको समयमा काम बिनै सडकमा घुम्ने दुई चक्के स्कुटी तथा मोटर बाईकहरूलाई बाहिर ननिस्किदिने अपील गर्दै अबदेखि कानुनी कर्वाही गर्ने चेतावनी दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *