मङपुमा शीतकालिन फुटबल प्रशिक्षण शुरू

मङपु : मङपु विभागीय फुटबल प्रशिक्षण समितिको आयोजनामा शारदा विद्यालय जनमैदानमा शीतकालिन फुटबल प्रशिक्षण शुरू भएको छ। शारदा विद्यालयका प्रधान अध्यापक प्रकाश चन्द्र राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रूपमा लाब्दा-मङपु समष्टि कार्यकरिणी सभासद रतन थापा अनि विशिष्ट अतिथि दार्जिलिङ महकुमा जनसम्पर्क अधिकारी  विज्ञान  मिश्र उपस्थित थिए। कञ्चन राई अनि लिला बहादुर छेत्रीले सञ्चालन गरेको खेलकुद समारोमा सन्जिला राईले स्वागत नृत्य प्रस्तुत गरिन्। उक्त शीतकालिन फुटबल प्रशिक्षण शिविरको आयोजना गर्नुको उद्देश्यबारे आयोजक समितिका सचिव डा ज्ञानचन्द्र गुरुङले आफ्नो विचार राखे।


मङपु विभागीय फुटबल प्रशिक्षण समितिको संस्थापक सचिव  स्व. किशोर थापा, स्व. बाल कुमार गुरुङ अनि स्व. निमा लेप्चालाई श्रद्धाञ्जलि अर्पण गर्दै तिनका  परिवारहरूलाई स्मृति चिन्ह प्रदान गरेर संवर्द्धना जनाइयो। यसैगरी, दार्जिलिङ कार्निभल आइडलका विजेता गायक प्रसङ्ग राई अनि तिनको पत्नीलाई पनि केही सम्झाना स्वरूप पुरस्कार प्रदान गरियो। उट्घाटन कार्यक्रममा लाब्दा-मङ्पु समष्टि सभासद रतन कुमार थापा अनि पीआरओ विज्ञान मिश्र, शंखर छेत्री, कालेबुङ कुमुदुनी होम्सका फुटबलको प्रशिक्षण दिने शिक्षक उदय राई, सिटोङ सिन्कोना बगानका भूपू फुटबल खेलाडी भाष्कर थापालाई आयोजक समितिको तर्फबाट पनि सम्मान जनाइयो। कार्यक्रममा स्थानीय गायक सुजत थापा, सोम छिरिङ लेप्चा, दुपेन गुरुङ, ससाना नानी सेजल तामाङ अनि सिमान्त राईले सुन्दर गीतहरू प्रस्तुत गरे। सिद्धार्थ मेमोरियल स्कुल अनि शारदा उच्चतर माध्यमिक विद्यालयका विद्यार्थीहरूले सुन्दर नृत्य प्रस्तुत गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *