मङपुमा शीतकालिन सांस्कृतिक उत्सव एवम् मेला

मङ्पु: मङ्पुमा शीतकालीन सांस्कृतिक उत्सव एवम् मेला सम्पन्न भइरहेको छ। हिजो मेलाको पहिलो दिन रङगारङ कार्यक्रमहरू बीच गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय समिति सदस्य राम पोखरेको बाहुलीबाट यसको विधिवत् रूपमा उद्घाटन गरियो। गोजमुमो लाब्दा मङपु समष्टि अध्यक्ष एडवर्ड लेप्चाको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा मङपुका गायक गरिमा (सिमरन) गुरुङ, कुन्दन थापा लगायत अन्य गायक-गायिकाले गीतहरू अनि सलोनी लिम्बु र जेसन तामाङले सुन्दर नृत्यहरू प्रस्तुत गरे।


प्रमुख अतिथि राम पोखरेलको बहुलिबाट दीप प्रज्वलन गरि शुरू गरिएको कार्यक्रममा विशेष रुपले गोर्खा जनमुक्ति मोर्चा लाब्दा मङपु समष्टिका मूलसचिव गगन राई, उप सभापति सुदेश थापा, खरसाङ महकुमा समिति मूल सचिव बिज्ञान मिश्र, केन्द्रीय समिति युवा मोर्चा प्रवक्ता अनित खाती, सीपीडब्लुयू केन्द्रीय समिति मूल सचिव अमृत खड्का, युवा मोर्चा सभापति दिब्य प्रकाश बम्जन, सीपीडब्लुयू मङपू जोनल समिति सभापति जय पति राई, सचिव रिनेश शेर्पा, नारी मोर्चा सभानेत्री सुर्य मणी राई, सचिव बुनु थापा, संगठानिक सचिव आशिस राई, प्रभारी सुष्मा राई, समष्टि प्रवक्ता अधिवक्ता रन्जित बिश्वकर्मा, चमन सिंह प्रधान, देवेन्द्र राई, भूतपूर्व प्रधानध्यापक समल कार्की, बिन्ध्या गोतामे आदि उपस्थित थिए। उक्त शीतकालीन सांस्कृतिक उत्सव एवम् मेला आगामी 14 जनवरीसम्म चल्ने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *