मङपुमा स्व. निरुकला तामाङ स्मृति च्यालेन्ज कप फुटबल प्रतियोगिता शुरू

मङपु : सिम्ले युनाइटेड बोइज क्लबको आयोजना आजदेखि स्व. निरुकला तामाङ स्मृति च्यालेन्ज कप फुटबल प्रतियोगिता स्थानीय मङपु विभागीय जनमैदानमा प्रकाशचन्द्र राईको अध्यक्षता सम्पन्न भयो। समारोहको प्रमुख अतिथि क्षेत्रीय कार्यकारिणी सभासद रतन थापाले फुटबलमा किक हानेर शुरू गरेको फुटबल प्रतियोगितामा 20 वटा टोलीले अंश ग्रहण गरेको छ। स्व. निरुकला तामाङ स्मृति च्यालेन्ज कप फुटबल प्रतियोगिताको विजय टोलीलाई नगद राशि 1.5 लाख सहित सुन जडित ट्रफी अनि उपविजेता टोलीलाई 1 लाख  अनि ट्रफी प्रदान गरिने भएको छ। अर्पणदीप थापाले सञ्चालन गरेको  उद्घाटन खेल फुटबल एकाडमी नामथाङ सिक्किम बनाम पहाडी युवा संघ रोङचोङ माझ भीडान्त भयो। खेल शुरु भएको पहिलो हाफको 20 मिनटमा  नामथाङका खेलाडी जर्सी नम्बर 7 अमन राईले आफ्नो दलको पक्षमा प्रथम गोल गरे भने लगत्तै 29 मिनटमा जर्सी नम्बर 14 अमृत दहालले दोस्रो गोल गरेर आफ्नो दललाई 2 गोलले बढत दिलाए।


यसैगरी दोस्रो हाफको 12 मिनटमा पहाडी युवा संघका खेलाडी जर्सी नम्बर 17 प्रशन्त गुरुङले सुन्दर गोल गरे भने फेरि 18 मिनटमा बिक्रम राईले दोस्रो गोल गरेर खेल बराबरीमा पुग्यो। रोमाञ्चक मोडमा बराबरी रहेको फुटबल खेलको दोस्रो हाफको 29 मिनटमा नामथाङ सिक्किमका खेलाडी जर्सी नम्बर 7 अमन राईले तेस्रो गोल गरेर विजय हासिल गर्दै दोस्रो राउन्डमा प्रवेश गर्न सफल भयो। भोलिको खेल सिम्ले युनाइटेड बनाम ग्लेबन युनाइटेड  माझ हुनेछ भने आजको उद्घाटन खेलमा मङपु सन्तजोसेप विद्यालयका नानीहरूले ब्यान्ड डिस्प्ले अनि स्थानीय साना नानीहरूले सुन्दर नृत्य प्रस्तुत गरे। मङपु आउट पोस्ट एएसआई सुनिल छेत्रीले आफ्नो छोटो सम्बोधनमा नानीहरूलाई ड्रग्स सेवनदेखि टाढा रहेर सधैँ नै खेलकुद क्षेत्रमा भाग लिने कुरा जनाए भने आयोजना समितिको पक्षबाट अरिफ मगरले सम्पूर्ण दर्शकहरूलाई हार्दिक स्वागत जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *