मङपुमा स्वर सम्राज्ञी अरुणा लामाको 23औं पुण्यतिथि पालन

मङ्पु: मङपु साङ्गीतिक कला एकाईको आयोजनामा आज स्वर सम्राज्ञी अरुणा लामाको 23औँ पुण्यतिथि पालन गरियो। मङपुमा अवस्थित शरण उद्यान चोकमा अरुणा लामाको सालिगमा स्थानीय कलाकारहरूले खदार्पण गर्दै श्रद्धासुमन अर्पण गरे। सोमछिरिङ लेप्चाले सञ्चालन गरेको कार्यक्रमको शुरुमा कलाकारहरुले नेपाली चर्चित गायिका दिवङ्गत अरूणा लामा प्रति श्रद्धाञ्जलि अर्पण गर्दै दुई मिनटको मौन धारण गरे। प्रेमदीप राईको अध्यक्षतामा सम्पन्न आजको पुण्यतिथि समारोहमा गायिका अरुणा लामाको जीवानी माथि गायक पदम बराईले अनि राजेन आलेले आफ्नो मनतव्य पोखे। यस अवसरमा स्थानीय संगीतप्रेमी महानुभवहरूको पनि उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *