मङपूमा स्वर सम्राज्ञी अरुणा लामाको पुण्यतिथि पालन

मङपू: मङपूमा नेपाली साङ्गेतिक जगतको लोकप्रिय गायिका स्वर सम्राज्ञी अरुणा लामाको 26औँ पुण्यतिथि पालन गरियो। आज मङ्पूको शरण उद्यान पार्कमा अरुणा लामा संरक्षण समिति मङपूको आयोजनमा स्वर सम्राज्ञी अरुणा लामाको 26औँ पुण्यतिथि पालन गरियो।  गायक शिशिर गहतराजले स्व. अरुणा लामाको सालिग अघि दीप प्रज्ज्वलन गरे भने किरण ब्लोनले धुप जलाएर पुष्प अर्पण गरेर तिनलाई श्रद्धाञ्जलि अर्पण गरे।


यसैगरी, बाँसुरी वादक नवीन वाईबा, सुजीत थापा, प्रकाश राई लगायत अन्य समाज सेवी व्यक्तित्वहरूले पनि स्व. अरुणा लामाको सालिगमा खदा अर्पण गरेर श्रद्धाञ्जलि अर्पण गरे। आजको कार्यक्रमको सञ्चालन दिलीप शर्माले गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *