मङ्पुमा तेस्रो दिन पनि बन्द जारी, युवा मोर्चाद्वारा सेनिटाइज

मङ्पु: मङ्पुमा तेस्रो दिन पनि आज बन्द जारी रह्यो भने युवा मोर्चा कार्यकर्ताहरूद्वारा यहाँको नालीडाँडा बजार, एटीएम, पी.डब्लुडी बङ्ग्लो, मासु दोकान, एसबीआई कस्ट्मर पोईन्ट अनि बजारको भीड हुने क्षेत्रहरूमा सेनिटाइज गरियो। यसको साथै सबै गाडी अनि बाइकहरूलाई पनि सेनिटाइज गरियो। स्मरण रहोस, अन्य राज्यबाट मङ्पु भित्रिने मानिसहरूको संख्या हालसम्म 500 भन्दा अधिक पुगिसकेको साथै हाल ती सबै होम क्वारेन्टाइनमा रहेको कुरालाई ध्यानमा राखेर स्थानीय  सचेत  नागरिकहरू अनि व्यापारीवर्गले गत 8 जुनदेखि एक हप्ताको निम्ति यहाँको बजार व्यापार प्रतिष्ठान अनि ट्याक्सी गाडीहरू पूर्णरूपले बन्द गरिदिएको छ।


उक्त कार्यमा सहयोग पुऱ्याउने सबै तहका मानिसहरूलाई गोजमुमोको युवा मोर्चा प्रवक्ता बिभोर सिङदनले आभार व्यक्त गरेका छन्। युवा मोर्चा सभापति दिब्य बम्जन, खरसाङ महकुमा समिति युवा मोर्चा सचिव बिज्ञान मिश्र अनि प्रवक्ता बिभोर सिङद्नको नेतृत्वमा आज यहाँको नालीडाँडा बजारको सबै ठाउँहरूमा सेनिटाइज गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *