मङपुमा तृणमूल-को संवर्द्धना एवम् झण्डा ग्रहण कार्यक्रम

मङपु : हिल टीएमसी-को संवर्द्धना एवम् झण्डा ग्रहण कार्यक्रम मङपु लाब्दा विभाग सार्वजनिक भवनमा आज जीएस राईको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा हिल तृणमूल कङ्ग्रेस दार्जिलिङ तथा कालेबुङ जिल्ला अध्यक्ष शान्ता छेत्री, चेयरम्यान एलबी राई, एनबी खवास, रेजिना गुरुङ, किरण ब्लोन, सन्तोष खवास, बुद्ध कुमार मोक्तान लगायत पार्टीका अन्य शीर्ष प्रतिनिधिहरू उपस्थित थिए। मुनाल घिसिङले सञ्चालन गरेको कार्यक्रममा नवीन मिश्रले स्वागत सम्भाषाण राखेका थिए। यस अवसरमा विभिन्न राजनैतिक पार्टी त्यागेर धेरैजनाले तृणमूल कङ्ग्रेसको झण्डा ग्रहण गरे। तिनीहरूलाई शान्ता छेत्री, एलबी राई तथा अन्य नेतृत्वहरूले स्वागत जनाउँदै तृणमूल पार्टीको झण्डा प्रदान गरे। यसको साथै आजको कार्यक्रममा स्थानीय केही तृणमूल नेताहरूलाई पार्टीको तर्फबाट संवर्द्धना जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *