मङपूमा येलुङ डाइगोनेस्टिक एन्ड पोली क्लिनिक-को उद्घाटन

मङपू: मङपू नाली डाँडा बस स्ट्यान्ड नजिक भुपाल थापाको बाहुलीबाट येलुङ डाइगोनेस्टिक एन्ड पोली क्लिनिक केन्द्रको आज उद्घाटन गरियो। अब यहाँका मानिसहरूले रक्त जाँच, पिसाब जाँच अनि ईसीजी गर्न परेको खण्डमा अन्य जान नपर्ने केन्द्रका प्रमुख माया राईले बताइन्। यस येलुङ डाइगोनेस्टिक एन्ड पोली क्लिनिकमा सप्ताहमा एक दिन स्त्री रोग विशेषज्ञ अनि फिजिसियन डाक्टर बस्ने जानकारी प्राप्त भएको छ।


सोमबार मङपु बजार बन्द हुने भएकोले येलुङ डाइगोनेस्टिक एन्ड पोली क्लिनिक पनि बन्द हुने भएको छ। आज फिजिसियन डाक्टर कमल एन गुप्तले रोगीहरूको जाँच गरे। धेरैजसो बिरामीहरूको किडनी, लिबर आदिको जाँच गरिएको सौगात छेत्रीले जानकारी  दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *