मङपु ओरेन्ज टीमको सेमिनार सम्पन्न

मङ्पु: वर्तमान समयमा सुन्तलाको खेतीलाई मध्यनजर राख्दै मङपु ओरेन्ज टीमको एउटा सभा आज सम्पन्न भयो। संगठनका सभापति सकुन राईको अध्यक्षतामा सम्पन्न भएको विशेष सभालाई संगठनका सचिव आनन्द राईले सञ्चालन गरेका थिए। सभामा अब आउने दिनहरुमा के कस्तो कार्य गर्दै जानु पर्ने हो भन्नेबारे जानकारी दिँदै दार्जिलिङ ओरेन्ज प्रोडक्सन टीमको कुशल नेतृत्वमा हाल मङ्पु विभागमा सुन्तला खेतीबारे धेरैपल्ट सेमिनार सम्पन्न भइसकेको बताए। हालसम्म मङपु ओरेन्ज टीमले मोछ 888 वटा सुन्तलाको बिरुवाहरुलाई ग्राफटिङ गरिसकेको छ भनी संगठनका सभापति सकुन राई अनि सचिव आनन्द राईले बताए। यसरी नै आउने दिनहरुमा कृषकहरुलाई बिना मुल्यमा अदुवाको बीउ पनि वितरण गरिने सकुन राईले बताइन्। तिनले ओरेन्ज टीम मङपुका सम्पूर्ण सदस्यहरुलाई यस्ता कार्यहरूमा सहयोग गरिदिने अह्वान गरिन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *