मङपु आउटपोस्ट पुलिसद्वारा 60 परिवारलाई खाद्य सामग्री वितरण

मङपु: कोरोनाको महामारी पछि राज्य सरकारद्वारा निर्देशित लकडाउनलाई मध्य नजर राख्दै आज दार्जिलिङ पुलिस तथा मङपु आउटपोस्ट पुलिस  प्रभारी बिजय थामीको पहलमा लाब्दा,रेसेप,रम्बी, मङपु अनि सिम्लेका 60 भन्दा अधिक आवश्यकमन्द परिवारलाई खाद्य सामग्री वितरण गरियो। थानाका एएसआई डी.बाक्ची, साङगे शेर्पा अनि तपन गुवाको नेतृत्वमा लगभग 60 भन्दा अधिक जरूरतमन्द परिवारलाई खाद्य सामाग्रीहरू चामल, दाल, न्युटेला, आलु अनि साग-सब्जी वितरण गरियो। पुलिसको यसको प्रकारको सहयोगको पहललाई विभिन्न संघ-संस्थान तथा स्थानीय मानिसहरूले प्रशंसा गर्दै आभार प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *