मङपु पुलिस आउट पोस्टमा कालीपुजा मनाइने

मङ्पु: मङपु पुलिस अनि ड्रग्समुक्त निर्माण समितिको संयुक्त आयोजनामा गत वर्ष झै यस बर्ष पनि कालीपुजा अनि लक्ष्मी पुजा पालन गरिने भएको छ। पुजा आयोजन बिषयलाई लिएर राम पोख्रेलको अध्यक्षता मङपु आउटपोस्ट परिसरमा एउटा सभाको आयोजना गरियो। कपिल लोहारले सञ्चालन गरेको सभामा विभिन्न राजनैतिक पार्टीका प्रतिनिधिगण, धार्मिक सङ्घ-संस्था अनि विभिन्न समाजका प्रतिनिधिहरू उपस्थित थिए। कोरोनाको प्रोटोकललाई ध्यानमा राखेर सबैले लक्ष्मी पुजा अनि कालीपुजा मनाइनु पर्छ अनि हामी पुजालाई सहयोग गर्छौ भन्दै चन्द्रकला राई, सुदेश थापा, शरण राई, रेजिना गुरुङ, सञ्जय चौधरी, एनके लामिछाने,केशर मोक्तान, हर्क पाख्रीन, तपन गुवा आदिले आ-आफ्नो सम्बोधनमा बताए। मङपु आउटपोस्ट थाना प्रभारी ओसी बिजय थामीले पुजा मनाइनु पर्छ भनि आजको सभामा उपस्थित हुने सबैलाई आभार व्यक्त गर्दै यसै पुजा आयोजक समिति मार्फत मङपु रेसेप बजार अनि विभिन्न ठाँउमा सीसीसी टीभी जडान गर्ने कुरा एसआई थामीले जनाए। अन्त्यमा सभाका अध्यक्ष राम पोख्रेलले पनि सभामा उपस्थित सबैलाई  धन्यवाद दिँदै यसपल्ट पुजा आयोजनासँगै मङपु पुलिस अनि ड्रग्समुक्त निर्माण समितिले मङपुको विभिन्न ठाँउमा सीसीटीभी जडान गर्ने भएको कारण यसपल्ट सम्पुर्ण समाज सङ्घ-संस्था अनि सम्पूर्ण राजनैतिक पार्टीका नेताहरूलाई सहयोगको हात बडाईदिने पोख्रेलले अपील गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *