मङपू पुलिस आउटपोस्टमा काली पुजा अनि लक्ष्मी पुजा पालन

मङ्पू : प्रत्येक वर्ष झैँ यस वर्ष पनि मङपु पुलिस आउट पोस्ट अनि ड्रग्स मुक्त निर्माण समितिको पहलमा काली पुजा अनि लक्ष्मी पुजाको आयोजना गरियो।  आयोजक समितिले यस वर्षदेखि काली माताको मन्दिर थाना परिसरमा नवनिर्माण गर्ने भएकोले सम्पूर्ण भक्तजनहरूले आर्थिक सहयोग गरिदिने ड्रग्स मुक्त निर्माण समितिले अनुरोध गरेको छ।


पण्डित विष्णु शर्माले विधिवत् रूपमा पुजा अर्चना गरेपछि काली पुजा समापन गरियो। मङपु थाना आउटपोस्ट प्रभारी बिजय थामीले लक्ष्मी माताको पुजा गरेपछि भैलेनी खेल्ने चेलीहरूलाई दक्षिणा प्रदान गरियो। मङ्पू आउटपोस्ट थानामा मन्दिर निर्माण गरिने भएकोले मन्दिर निर्माणको निम्ति सहयोग गरिदिने सबैसित अपील गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *