मङपु रविन्द्रनाथ सङ्ग्रहालय तीन महिनाको लागि बन्द

मङ्पु: पर्यटकहरुको निम्ति आकर्षणको केन्द्र बिन्दु मानिने मङपु रविन्द्र नाथ सङ्ग्रहालयको हाल राज्य सरकारको पहलमा मरमति कार्य चलिरहेकोले गर्दा आगामी 20 दिसम्बरदेखि मार्च 2022-को अन्तसम्म लगभग तीन महिनाको निम्ति बन्द राखिने भएको छ। मङपु कुलैन कारखानाका कुइनोलोजिस्ट डा. बिश्वजीत चक्रवर्तीले दिएको जानकारी अनुसार मङपु रविन्द्र नाथ सङ्ग्रहालयको मरमति कार्य गरिने भएकोले गर्दा नै यहाँ घुम्न आउने पर्यटकहरूको लागि लगभग आगामी वर्ष 2022 अप्रेल महिनासम्म निषेध गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *