मङपु रेसेप ग्राम पञ्चायतमा दैलोमा सरकार कार्यक्रम

मङ्पु: आरआर ब्लक तकदाह अन्तर्गत मङपु रेसेप ग्राम पञ्चायतमा दैलोमा सरकार कार्यक्रम ग्राम पञ्चायत सचिव रमेश प्रधानको नेतृत्वमा सम्पन्न भयो। दैलोमा सरकार कार्यक्रममा स्थानीय स्वनिर्भर समुहहरुले पनि खाद्यन्न समाग्रीहरु बिक्री गर्न राखिएको थियो। यसरी नै सूचना एवम् सांस्कृतिक लोक प्रकल्प विभागका कलाकारहरूले गीत तथा नृत्य प्रस्तुत गरेर उपस्थित सबैलाई मन्त्रमुग्ध पारे। स्थानीय ग्रामवासीहरुले स्वस्थ्य साथी, रुपश्री, कन्यश्री, खाद्यसाथी, शिक्षाश्री, एक्यश्री, लक्ष्मी भण्डार, सयदिने रोजगार कृषक बन्धु अनि अन्य विषयमा उक्त शिविरमार्फत सरकारबाट प्राप्त साहुलियतहरूबारे लाभ उठाए।


उक्त शिविरमा विपन्न परिवारका धेरैजसो परिवारलाई खण्ड विकास कार्यालयका कर्मचारीहरूको बाहुलीबाट कम्बल अनि लुगाफाटा पनि वितरण गरियो। यसैगरी, आगामी 5 मार्चको दिन रोङचोङ ग्रामपञ्चायतको मङपु विभाग प्राथमिक पाठशाला मैदानमा अनि 7 मार्च लाब्दा ग्राम पञ्चायतको लाब्दा खास प्राथामिक पाठशाला मैदानमा फेरि दैलोमा सरकार कार्यक्रम हुने भएको जानकारी प्राप्त छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *