मङपु रोङचोङ ग्रामबाट 127 परिवार तृणमूलमा सामेल

मङपु : मङपु लाब्दा समष्टि अन्तर्गत 127 परिवार आज हिल तृणमूल कांग्रेसमा सामेल भएका छन्। हिल टीएमसी अध्यक्ष एलबी राईको बाहुलीबाट 127 परिवारलाई दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाइयो। पहाडको जनताले राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीमाथि विश्वास गरेको कारण नै  आज टीएमसीमा धेरै संख्यामा समर्थकहरू सामेल हुने गरेको अध्यक्ष एलबी राईले जनाए। यसरी पहाडको दोस्रो बृहत सिन्कोना उद्योगमा श्रमिकहरूको पद्दोन्तिमा अनि बद्ली काम 90 प्रतिशत भइसकेको र यो हिल टीएमसी युनियनले चाँडै पुरा गर्ने अध्यक्ष राईले बताए। आजको सभामा हिल टीएमसी पार्टी दार्जिलिङ जिल्ला सचिव रेजिना गुरुङ, किरण ब्लोन, बीएस राई, नबीन मिश्र, सञ्जय थापा आदि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *