मङपु साहित्य संस्थानको 32औँ स्थापना दिवस पालन

मङ्पु: मङ्पु साहित्य संस्थानको 32औँ स्थापना दिवस आज नन्द लामिछानेको सभापतित्वमा मङ्पुको रेशेप, रबी टोलस्थित कस्तुरी माध्यमिक विद्यालयमा पालन गरियो। कवयित्री सुभद्रा बम्जनद्वारा स्वागत सम्भाषण राखेपछि कवि सुजित थापाले स्थापना दिवसको औचित्यबारे विस्तारपूर्वक प्रकाश पारे। त्यसपछि सम्पन्न कवि गोष्ठीमा युवा कवि सन्दीप दियाली लगायत सानु भट्टराई, अनित खाती, सुभद्रा बम्जन, दुष्यन्त रामुदामु, रूपास बम्जन, दीप थापा, नन्द लामिछाने आदिले स्वरचित खुबै रोचक कविताहरू प्रस्तुत गरे। कार्यक्रममा दीप थापाले सचिवको प्रतिवेदन प्रस्तुत गरेपछि आगामी चुनाउ गर्नको निम्ति समितिलाई विघटन गर्ने प्रस्ताव सभापति अघि पेश गरे। सभापति एवम् उपस्थित सदस्यहरूको परामर्श अनुसार  संस्थानले उक्त समिति विघटन गरे भने आगामी 23 जनवरी 2022- को दिन चुनाउ गरेर नयाँ समिति गठन गरिने निर्णय लिइयो। प्रमिला मुखियाले सञ्चालन गरेको साहित्यक कार्यक्रममा शिशिर गहतराज अनि किशन बुडाथोकी पनि प्रमुख रूपमा उपस्थित रहेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *