मङपु सिकसिनमा भेट्टाइयो हिमालयन सालामेण्डर 

मङपु : बिलुप्त हुँदै गइरहेको प्राणी हिमालयन सालामेण्डर  मङपुको सिक्सिन (फरेस्ट बस्ती) मा आज भेट्टाइएको छ। पहिले पहाडी भेकको सिटोङ शेल्पुको नामथिङ पोखरीमा अनि सुकेपोखरी क्षेत्रमा मात्र पाइने दुर्लभ प्रजातिको प्राणी हिमालयन सालामेण्डर मङपु सिकसिन बस्तीमा पनि भेटिएपछि यसलाई संरक्षण अनि सम्बर्द्धन गरिनु पर्ने स्थानीयवासीहरुले माग गरेका छ्न। मङपुदेखि 6 किलोमिटर माथि अवस्थित यस सिकसिन (रेसेप फरेस्ट बस्ती) सिन्चेल वन विभागमा पर्ने हुनाले सम्बन्धित विभागले यसलाई संरक्षण नगरे दुर्लभ प्रजातिको यो प्राणी विलुप्त भएर जाने स्थानीय मानिसहरूको भनाई रहेको छ। संसारमा विलुप्त भइसकेको डाइनोसर प्राणीको प्रजातिकै रूपमा चिन्हित गरिएको यो वन्य प्राणी हिमालयन सालामेण्डर रहेको शोधकर्ताहरुले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *