मङपु सिम्लेमा हिल टीएमसी-को सभा तथा झन्डा ग्रहण कार्यक्रम

मङपु : मङपु सिम्लेमा उत्तम गुरुङको अध्यक्षतामा हिल टीएमसीको एउटा सभा आज सम्पन्न भयो। विश्वराज थापाले सञ्चालन गरेको उक्त सभामा आरआर ब्लक युथ सभापति गोबिन तामाङ, रोङचोङ ग्राम पञ्चायत सभापति बीएस राई, सचिव बिशाल राई, जोनल समिति सभापति पवल प्रधान, सचिव सञ्जय थापा, रोङचोङ ग्राम पञ्चायत संयोजक नबिन मिश्र, नारी एकाई सभापति गोपी तामाङ अनि सचिव मुस्कान गुरुङ, आरआर ब्लक सभापति सञ्जय सुब्बा आदिले आ-आफ्नो वक्तव्य राखे। आजको सभामा सयौँ समर्थकहरूले टीएमसी पार्टीको झन्डा ग्रहण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *