मङपु सिन्कोना बगान निर्देशालयमा भानुजयन्ती पालन

मङ्पु: आदि कवि भानुभक्तको 207औँ जयन्ती सिन्कोना निर्देशालयमा आज निर्देशक डा. सामुएल राईको उपस्थितिमा पालन गरियो। यस अवसरमा सिन्कोना निर्देशक लगायत बडा बाबु प्रेमबहादुर तामाङ, युडीसी क्रमैले उर्मिला तामाङनिर्मल खवास आदिको बाहुलीबाट भानु भक्तको फोटोमा माल्यार्पण गरियो। यस कार्यक्रममा बडाबाबुले दुई शब्द सम्बोधन गरे। यसैगरी, सुबास बस्नेतले भानुभक्तको प्रथम कविता उपस्थितिलाई सुनाए। निर्देशक सिन्कोना सन्देश अङ्क ५ रचनाको कमीले सही समयमा प्रकाशमा आउन नसकेकोमा रचनाको निम्ति सिन्कोना बगानका लेखकहरूलाई आह्वान गरे। यस कार्यक्रममा निर्देशालयका किरानी, सहयोगीवर्ग, वाच एण्ड वार्ड र बडाईखानाका कर्मचारीहरू सहभागी बनेका थिए। दीप थापाद्वारा सञ्चालित कार्यक्रममा भानुभक्तबारे वक्ताहरूले सङ्क्षिप्त मनतव्य राखेपछि धन्यवाद सहित सभाको समापन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *