मङपुमा सिन्कोना श्रमिकहरूलाई कोरोनाको टीकाकरण

मङ्पु: तकदाह खण्ड स्वस्थ्य विभाग अनि मङपु सिन्कोना बगान ब्यवस्थापनको पक्षबाट आज मङपुमा 18 बर्षभन्दा अधिक उमेर पुगेका सिन्कोना श्रमिक कर्मचारीहरूलाई  कोरोनाको खोप लगाइयो । आज बिहान मङपुर, रन्जुभेल्ली अनि बीचकमान विभागका श्रमिक कर्मचारीहरूलाई कोरोना खोप लगाइयो भने अपरान्हको समयमा लाब्दा अनि रेसेप विभागका श्रमिकहरुलाई  खोप लगाइयो। आज 800 भन्दा अधिक श्रमिक तथा कर्मचारीहरूलाई कोरोनाको खोप लगाइएको ट्रास्कफोर्स सद्स्य तथा मङपु अस्पताल संरक्षण समितिका संयोजक किरण पाख्रीनले जानकारी दिएका छन्। तिनले यस टीकाकरण कार्यमा सहयोग गर्ने स्वस्थ्य कर्मी, मङपु पुलिस, मङपु फोटोग्राफी सोसाइटी, मङपु युथ क्लब, मङपु परिवर्तन क्लब लगायत सबै संघ-संस्थाका सदस्यहरूलाई आभार व्यक्त गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *