मङ्पुको सिटोङ 2 मा छिरिङ दाहालको पक्षमा चुनावी सभा

मङ्पु: गोर्खा जनमुक्ति मोर्चा बिनय खेमाको खरसाङ विधानसभा आसनका उम्मेदवार छिरिङ दाहाल लामाको पक्षमा आज चुनावी सभा मङ्पुको सिटोङ 2 मा सम्पन्न भयो। यस अवसरमा चुनावी सभालाई सम्बोधन गर्दै प्रार्थी छिरिङ दाहालले भनिन्, मसँग नोट छैन, तपाईंको भोट र आशिर्वादको खाँचो छ मलाई।


सही ठाउँमा सही व्यक्ति पठाउने सही समय हो यो। पहाड़मा धेरै अघिदेखिको जाम लागेका समस्याहरूको समाधान अब 17 तारिख सिटीको चिन्हमा भोट हालेर जाम खोल्नु पर्नेछ। छिरिङ दाहालले सबै सिटोङवासीलाई सिटीको चुनाउ चिन्हमा भोट दिएर आफुलाई विजयी गराउने अपिल गरिन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *