मङपु भेटेरन क्लबको आयोजनमा फुटबल प्रशिक्षण शिविर शुरू

मङपु : प्रत्येक वर्ष झैँ यस वर्ष पनि स्थानीय जनमैदानमा मङपु भेटेरेन क्लबको आयोजनामा शीतकालिन प्रशिक्षण शिविर आजदेखि शुरू गरियो। संस्थाका अध्यक्ष बसन्त छेत्रीको अध्यक्षमा सम्पन्न आजको कार्यक्रममा प्रमुख  अतिथिको रूपमा अर्पण प्रधान उपस्थित थिए। कार्यक्रमका विशिष्ट अतिथि हिल तृणमूल दार्जिलिङ जिल्ला सचिवा रेजिना गुरुङले भेटेरेन क्लबलाई फुटबल प्रदान गरे। मङपु खेलकुद संघका मूल सचिव राम पोख्रेलले फुटबलको प्रशिक्षण लिने नानीहरूलाई शुभकामना दिँदै स्थानीय नानीहरूलाई खेलकुदप्रति चासो बढाई दिएकोमा भेटरेन क्लब मङपुका सबै सदस्यलाई आभार व्यक्त गरे। संस्थाका सभापति बसन्त छेत्रीले कोभिड 19-को कारण यस वर्ष नानीहरूलाई प्रशिक्षण गर्न ढिलाइ भएको कुरा जनाउँदै यस संस्थालाई सबैले सहयोग गरिदिने अपील पनि गरे। अर्कोतिर, संस्थाका सचिव अल्फेड कार्थकले प्रत्येक वर्ष झैँ यस वर्ष पनि मङपु भेटेरेन क्लबले नानीहरूलाई फुटबलको प्रशिक्षण गराइरहेको बताउँदै उक्त प्रशिक्षण दुई महीनासम्म चल्ने बताए। नानीहरूलाई खेल प्रति चासो बढाउनले उद्देश्य लिएर यस प्रकारको प्रशिक्षण प्रत्येक वर्ष गर्दै आइरहेको सचिव कार्थकले जनाए। आजदेखि मङपु जनमैदानमा संस्थाका पक्षबाट गगन थापा, फिलिप राई, हेमु राई अनि धिरज राईले स्थानीय नानीहरूलाई प्रशिक्षण गराई रहेका छन् भने उक्त फुटबल प्रशिक्षण दुई महिनासम्म चल्ने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbetmatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes