माग पुरा नभए डुवर्स सिलगढी तराई गोर्खा डेभलपमेन्ट फोरमद्वारा तृणमूल छोड़ने चेताउनी  

सिलगढी : माग पुरा नगरे आउँदो 2021-को विधानसभा चुनाउ अगावै डुवर्स सिलगढी तराई गोर्खा डेभलपमेन्ट फोरमले तृणमूल कांग्रेस छोड़ने चेताउनी दिएको छ। डुवर्स सिलगढी तराई गोर्खा डेभलपमेन्ट फोरमका अध्यक्ष प्रवीण सिंहले आज सिलगढी जर्नलिस्ट क्लबमा एउटा पत्रकार सम्मलेनको आयोजना गरेर यसबारे जानकारी दिएका छन्। तिनले बताएअनुसार डुवर्स सिलगढी तराई गोर्खा डेभलपमेन्ट फोरमले 2016-मा तराई र डुवर्सका गोर्खाहरूलाई अल्पसंख्यकको दर्जा दिने लगायत अन्य विविध मागलाई लिएर राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई एउटा ज्ञापन पत्र चढाए तापनि हालसम्म पनि तिनीहरूको माग पुरा गरेको छैन। यसैले गर्दा आउँदो 2021-को विधानसभा चुनाउ अगावै तिनीहरूको माग पुरा नगरे तृणमूल कांग्रेस छोड्ने निर्णय लिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *