मणिपुर घटनाको निन्दा गर्दै दार्जिलिङ जिल्ला तृणमूल महिला कङ्ग्रेसद्वारा सिलगढीमा प्रतिवाद रैली

सिलगढी : मणिपुर घटनाको निन्दा गर्दै दार्जिलिङ जिल्ला तृणमूल महिला कङ्ग्रेसद्वारा आज सिलगढीमा प्रतिवाद रैली निकाल्यो। सिलगढीको मल्लागढीस्थित सहिद खुदीराम बसुको सालिग अघिबाट प्रतिवाद रैली निकालेर हिलकार्ट रोड परिक्रमा गरेपछि दार्जिलिङ मोडमा पुगेर समापन गरियो। उक्त रैलीमा उपस्थित संगठनका सदस्यहरूले मणिपुरको ट्राइबल जातिको पोसाक लगाएर, हातमा प्लाकार्ड बोकेर, मोमबत्ती जलाएर मणिपुर घटनाको तीव्र निन्दा गर्नको साथै घटनाको प्रतिवाद जनाए। उक्त रैलीमा राज्य महिला तृणमूल कङ्ग्रेसका सभानेत्री चन्द्रिमा भट्टाचार्य, दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेस समतलका सभानेत्री पापिया घोष, दार्जिलिङ जिल्ला तृणमूल महिला कङ्ग्रेसका सभानेत्री मिली सिन्हा लगायत पार्टीका अन्य कार्यकर्ता तता समर्थकहरू उपस्थित थिए। चन्द्रिमा भट्टाचार्यले मणिपुर घटनामा प्रधानमन्त्रीको मौनतामाथि प्रश्न उठाए। यसको साथै तिनले घटनाको दोषीविरुद्ध कठोर कार्वाही गरिनुपर्ने माग पनि गरिन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *